+
+
Shares

अनशनप्रति ऐक्यवद्धता जनाउँदै बालुवाटारमा प्रदर्शन गर्ने १२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १७:००

१७ असार, काठमाडौं । पाटनमा अनशन बस्नेहरुको माग सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गर्ने १२ जना पक्राउ परेका छन् ।

कोरोना महामारी रोकथाको माग गर्दै अनशन बसेकाहरुको समर्थनमा प्रदर्शन गर्ने १२ जनालाई पक्राउ गरी प्रहरीले भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखेको छ ।

पक्राउ परेकामध्ये एक हरिशप्रसाद भट्टले आफूहरुले निषेधित क्षेत्रभन्दा बाहिर प्रदर्शन गर्दा पनि प्रहरीले पक्राउ गरेको बताए ।

कोरोना महामारी रोकथामका लागि पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने माग गर्दै सामाजिक अभियन्ता ईःसहितका व्यक्तिहरु अनशनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?