Comments Add Comment

नेक्स्टजेनले साउन दोस्रो सातामा ‘क्वान्टम ह्याक’ आयोजना गर्ने 

१७ असार, काठमाडौं । नेक्स्टजेनले आगामी साउन १६ र १७ गते दुई दिन ह्याकथोन (कम्युटर प्रोग्रामिङसम्बन्धी एक सम्मेलन) आयोजना गर्ने भएको छ ।

नेक्स्जेनले आयोजना गर्न लागेको उक्त भर्चुअल सम्मेलनलाई ‘क्वान्टम ह्याक’ नाम दिइएको छ । यो सम्मेलनमा विश्वभरका २४० जनाको सहभागिता रहने आयोजकले बताएको छ । यो नेपालको पहिलो आधिकारिक डिजिटल ह्याकथोन रहेको आयोजकको दाबी छ ।

आयोजकका अनुसार ठूलो संख्यामा अन्वेषकहरुको बीचमा सहकार्य तथा वास्तविक जीवनको कुनै समस्या तुलनात्मकरुपमा छिटो सकाउन यो सम्मेलनले सहयोग गर्नेछ । यो सम्मेलन २४ घण्टाको हुनेछ । यो सम्मेलनमा सहभागीहरुले नयाँ प्रविधि आविष्कार र नयाँ सोच एकआपसमा शेयर गर्नेछन् । हालै देखिएको महामारीले सामान्य दैनिक जीवन पनि प्रभावित बनेको छ । यो कठिन परिस्थितिमा प्राविधिक तथा गैरप्रविधिक दुवै क्षेत्रका मानिसहरुले आफ्नो तर्फबाट प्रतिबद्धता र काम गरेर देखाइरहेका छन् ।

प्रविधिको क्षेत्रबाट समाजलाई सकारात्मक प्रभाव पार्न मानिसहरुमा उत्साह बढाउन यो कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment