Comments Add Comment

कैलालीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु

१८ असार, कैलाली । अस्पताल पुर्‍याउन ढिलाइ गर्दा कैलालीमा एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ । जिल्लाको उपमहानगरपालिका ९ की ३५ वर्षीया सम्पतुदेवी रानाको सर्पको डसाइबाट मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनलाई आफ्नै घरको कोठामा बुधवार साँझ करिब ६ बजे सर्पले डसेको थियो । समयमै अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

‘साँझ ६ बजे सर्पले टोकेको हो । राति १ः३० मा अस्पताल ल्याएको जानकारी पाएका छौँ,’ उनले भने, ‘अस्पतालले मृत घोषणा गर्‍यो ।’

पछिल्लो समय कैलाली र कञ्चनपुरमा सर्पदंशका घटनाहरू बढ्न थालेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकामा मंगलवार राति विषालु सर्पको डसाइबाट १४ वर्षीय पर्वत गिरीको मृत्यु भएको थियो ।

त्यसअघि सर्पदंशकै कारण असार १४ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीकी ५ वर्षीया बालिका पुनम बोहराको पनि मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment