Comments Add Comment

सत्याग्रहीसँग वार्ता गर्न स्वास्थ्यमन्त्रीलाई आग्रह

१८ असार, काठमाडौं । कोरोना रोकथामको प्रभावकारी काम गर्न माग गर्दै अनशनमा बसेकाहरुसँग वार्ता गरी माग गपूरा गर्न आग्रह गर्दै एक समूहले बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेट गरेको छ ।

अभियन्ताहरु नयनतारा गुरुङ कक्षपति, आलोक सुवेदी, सञ्जय अधिकारी, प्रितम सुवेदी र ब्रबिम कुमारले स्वास्थ्य मन्त्री ढकाललाई ज्ञापनपत्र बुझाउँदै सत्याग्रह अभियानका अभियन्तासँग तत्काल वार्ता गरी माग पूरा गर्न आग्रह गरेका हुन् ।

पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने, कोरोना महामारीको उपचार प्रभावकारी बनाउनुपर्नेलगायतका माग राखेर असार १२ गतेदेखि ईः, पुकार बम, सुदन गुरुङ र सुवानी सिजापति आमरण अनशन बसेका छन् ।

उनीहरुले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न देशभरका क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राखेका छन् । स्वास्थ्यमा समस्या देखिन थालेपछि २ जना अस्पताल भर्ना भइसकेका छन् ।

स्वास्थ्यमन्त्रीसँगको भेटमा अभियन्ताहरुले सरकारको कार्यसम्पादनमा रहेको निष्क्रियता र कमजोरीका कारणले स्वदेश तथा विदेशमा रहेका नेपाली, नेपाल राष्ट्र तथा मानव समुदायको भविष्य नै जोखिममा परेको बताएका छन् ।

‘अनशनका कारण सत्याग्रहीको स्वास्थ्य स्थिति नाजुक बन्दै गइरहेकाले उहाँहरुको जीवनसमेत जोखिममा रहेको छ । तसर्थ नेपाल सरकारको प्रमुख प्राथमिताको विषयको रुपमा ग्रहण गरी सत्याग्रहीको माग तत्काल सम्बोधन गरिनुपर्छ’ ज्ञापनपत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment