Comments Add Comment

मध्यअसारसम्म ३५.४८ प्रतिशत खेतमा धान रोपाइँ

१८ असार, काठमाडौं । असार १५ गतेसम्म देशभर ४ लाख ६ हजार ६ सय ६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

कुल धान रोपाइँ हुने १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलको ३५.४८ प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष साविक अवधिमा २०.७३ प्रतिशत बढी क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । गत वर्ष असार १५ गतेसम्म १४.७५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो ।

असार १५ गतेसम्म सबै भन्दा धेरै ४९.५४ प्रतिशत धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा सम्पन्न भएको छ । यस्तै कर्णाली प्रदेशमा ४९.१५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

प्रदेश नम्बर एकमा २१.८०, प्रदेश दुईमा २९.०२, बागमती प्रदेशमा ३६.२२ तथा गण्डकी प्रदेशमा ३५.६६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

यस वर्ष असार १५ गतेसम्म उच्च पहाडमा ४०.७२, मध्य पहाडमा ३७.९५ र तराईको ३४.३४ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment