News Summary
Generated by OK AI. Editorially reviewed.- ७ साउनसम्म देशभरका ७९.३६ प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ।
- सुदूरपश्चिम प्रदेशमा सर्वाधिक ९०.६७ प्रतिशत धान रोपाइँ सकिएको छ भने कोशी प्रदेशमा ७३.९४ प्रतिशत रोपाइँ भएको छ।
- गत वर्षको तुलनामा यस वर्ष मधेश प्रदेशसहित समग्र देशभर धान रोपाइँको अवस्थामा सामान्य वृद्धि देखिएको छ।
७ साउन, काठमाडौं । साउन पहिलो सातासम्म देशभरि झन्डै ८० प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागको तथ्यांक अनुसार ७ साउनसम्म देशभर ७९.३६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो ।
देशभरि कुल १३ लाख ७३ हजार ८६२ हेक्टर क्षेत्रफल धान रोप्न योग्य रहेकोमा हालसम्म १० लाख ९० हजार ३३६ हेक्टरमा रोपाइँ भइसकेको छ ।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल १ लाख ६२ हजार २५० हेक्टर क्षेत्रफलमध्ये ९०.६७ प्रतिशत अर्थात् १ लाख ४७ हजार १०६ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ ।
कोशीमा २ लाख ७६ हजार ३८६ हेक्टर धान खेतीयोग्य जमिन रहेकोमा हालसम्म ७३.९४ प्रतिशत अर्थात् २ लाख ४ हजार ३४७ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ ।
देशको प्रमुख अन्नभण्डार मानिने मधेश प्रदेशमा हालसम्म ७८.६० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । तथ्यांकअनुसार मधेशमा ३ लाख ५८० हेक्टरमा धान रोपिएको छ ।
गत वर्ष ११ साउनसम्म मधेशमा जम्मा ५१.८२ प्रतिशत मात्र रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यस वर्ष मधेशमा रोपाइँ तीव्र भएको छ ।
लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३७२ हेक्टरमध्ये ८०.६५ प्रतिशत (२ लाख ४३ हजार ४२ हेक्टर) मा रोपाइँ भएको छ । यसैगरी, बागमती प्रदेशमा ७७.३३ प्रतिशत, गण्डकी प्रदेशमा ७८.३६ प्रतिशत र कर्णाली प्रदेशमा ७७.०५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
तथ्यांकअनुसार बागमतीमा १ लाख १४ हजार ५२४ हेक्टर, गण्डकीमा ९३ हजार ६०६ हेक्टर र कर्णालीमा ४३ हजार २९० हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको छ ।
गत वर्षको तुलनामा यस वर्ष समग्र रोपाइँको अवस्थामा सामान्य वृद्धि देखिएको छ । अघिल्लो वर्ष ११ साउनसम्मको तथ्यांक हेर्दा देशभरि कुल ७८.८४ प्रतिशत रोपाइँ भएको थियो ।
प्रतिक्रिया 4