Comments Add Comment

पीसीआर रिपोर्ट ढिलो आएपछि सल्यानका ७० जना क्वारेन्टिनबाट भागे

१८ असार, सुर्खेत । क्वारेन्टिनमा बसेको एक महिना बित्दा पनि आरटी-पीसीआर रिर्पोट नआएपछि सल्यानका ७० जना क्वारेन्टिनबाट भागेका छन् । बनगाड कुपिण्डे नगरपालिका-३, को आधारभूत विद्यालय लहाघाटबाट बिहीबार ७० जना भागेर घर गएका हुन् ।

क्वारेन्टिनमा बसेका ७३ जनामध्ये ७० जना एक महिना बित्दा पनि पीसीआर रिर्पोट नआएको भन्दै भागेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेलले बताए । ‘पीसीआर रिर्पोट आउन अलि ढिला भएकै हो । परीक्षणका लागि सुर्खेत पठाएका थियौं तर सुर्खेतको मेसिन बिग्रिएपछि बाहिर जिल्ला पठाएका छौं,’ उनले भने,’अबको एक/दुईदिनमा रिपोर्ट आउँछ ।

यसअघि पनि क्वारेन्टिनमा बसेकाहरूले पटक-पटक आन्दोलन गर्दै आएको उनको भनाइ छ । ‘उनीहरू पहिलेदेखि नै अलि उग्र थिए, पहिला पनि पटक-पटक आन्दोलन गर्दै आएका थिए, आज त प्रहरीलाई नै ढुंगामुढा गरेर भागे,’ प्रमुख पोखरेलले भने ।

भागेकामध्ये तीनजना आरडीटी पोजेटिभ आएका पनि छन् । भारतबाट उनीहरू जेठ १९ गतेदेखि सोही क्वारेन्टिनमा बस्दै आएका थिए ।

क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडीटी गर्दा तीनजनामा पोजेटिभ देखिएको थियो । सँगै बसेका तीनजनमा आरडीटी पोजेटिभ देखिएपछि सबैको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पठाइएको प्रमुख पोखरेलले बताए ।

क्वारेन्टिनबाट भागेकाहरूको खोजी भइरहेको नगरपालिकाका मेयर गोविन्द पुनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment