+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पेशागत सुरक्षा माग गर्दै काठमाडौंमा पत्रकारको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते १६:४१

१९ असार, काठमाडौं । कोरोना महामारीमा समस्यामा परेका पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल पत्रकार महासंघले शुक्रबार प्रदर्शन गरेको छ । काठमाडौंको बबरमहलमा पत्रकार महासंघको अगुवाईमा पत्रकारहरुले प्रदर्शन गरेका हुन् ।

पत्रकारहरुले कोरोना महामारीका बहानामा कामबाट निकाल्न नपाइने, पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनपछिको कोणसभामा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले हालको अवस्थामा पत्रकारहरुलाई पेशागत संकट परेको बताए । उनले कोरोनाका कारण देखाउदै मिडिया सञ्चालकहरुले पत्रकारिता गरी बाँच्न पाउने पत्रकारको अधिकार खोसेको बताए ।

आचार्यले पत्रकारलाई जागिरबाट निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने गरेको भन्दै ती समस्या समाधानकालागि महासंघ भोलिदेखिनै त्यस्ता सञ्चार गृहको अनुगमन गरी निश्कासित पत्रकारको अधिकार पुनःस्थापित गर्न आन्दोलन गर्ने बताए ।

पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रतामा योगदान गरेका नाममा मिडिया सञ्चालकले श्रमिकलाई शोषण गर्न नपाउने बताए ।

‘यदि सञ्चारलाई व्यवसाय वा उद्यम मान्ने हो भने नाफा हुँदा नाफा लिने र घाटा हुँदा ब्यहोर्न सक्ने सामर्थ्य राख्नुपर्छ’ उनले भने ‘प्रेस स्वतन्त्रतामा योगदान गरेका नाममा श्रमिकलाई शोषण गर्न पाइदैन ।’

महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडिया सञ्चालकले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताए ।

प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले कोरोनाको बहानामा पत्रकारको पसिनाको परिश्रम नदिने मिडिया सञ्चालकलाई कुनै पनि वाहानामा नछोड्ने धारणा राखे ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिंग्देलले पत्रकारको हकहितका लागि सञ्चारगृह मात्रै नभई मिडिया सञ्चालकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिए ।
सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डितले जनतालाई सुसूचित गर्ने कार्यमा जस्तोसुकै अवस्थामा खटिने पत्रकारलाई कोरोनाको बहानामा पेशाबाटै बञ्चित गरिनु अत्यन्तै दुखद भएको भन्दै पत्रकारले श्रमको उचित मूल्य पाउनुपर्ने बताइन् ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?