Comments Add Comment

नेपालमा घट्यो सामसङ मोबाइलको मूल्य, यस्ता छन् सस्तिएका मोडल

सामसङले आफ्ना चार वटा लोकप्रिय मोडलहरुको मूल्य घटाएको घोषणा गरेको छ । कम्पनीले ग्यालेक्सी नोट टेन लाइट, ग्यालेक्सी ए ७१, ग्यालेक्सी ए ५१ र ट्याब ए १०.१ को मूल्य घटाएको हो ।

सामसङले ६७ हजार ५९९ रुपैयाँ पर्ने ग्यालेक्सी नोट टेन लाइटको मूल्य ८,६०० ले घटाएर ५८, ९९९ रुपैयाँमा झारेको छ । यस्तै कम्पनीले आफ्ना ए सिरिजका फोनहरु ए ७१ र ए ५१ मा क्रमश: ३६ सय र १३ सय मूल्य घटाएको छ ।

यससँगै अब ग्यालेक्सी ए ७१ को मूल्य ४९ हजार ९९९ र ग्यालेक्सी ए ५१ को मूल्य ३९,९९९ रुपैयाँमा कायम भएको छ ।

यस्तै ट्याब ए १०.१ फोनमा पनि कम्पनीले दुई हजार रुपैयाँ घटाएर ३२,२९९ मा बिक्री गर्ने बताएको छ । साथै दुई हजार छूटको अलावा यो फोनमा कम्पनीले दुई हजार रुपैयाँ क्यास ब्याक समेत उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment