Comments Add Comment

विदेशबाट नेपाली फिर्ता गर्न शुक्रबार ११ वटा उडान-अवतरण

१९ असार, काठमाडौं । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुल ११ उडान-अवतरण सम्पन्न भए । कोरोना भाइरसको संक्रमणपछि विदेशमा अलपत्र नेपालीलाई घर फर्काउने अभियान अहिले जारी छ ।

यस क्रममा शुक्रबार विभिन्न ६ गन्तब्यबाट जहाज आएका छन् । यी जहाजले कुल ९१८ जना यात्रुलाई नेपाल ल्याएका छन् । नेपालबाट भने कुल २ सय ५५ जना व्यक्ति विदेश गएका छन् । शुक्रबार २ वटा शवसमेत नेपाल ल्याइएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सको जहाजले दोहाबाट १४५ यात्रु र २ वटा शवलाई नेपाल ल्याएको छ ।

हिमालय एयरलाइन्सले आवुधावीबाट १ सय ४२ जना यात्रुलाई नेपाल भित्राएको छ । नेपाल एयरलाइन्सले दुवईबाट १ सय ४७ जना यात्रुलाई नेपाल ल्याएको छ ।

दुबईमा एक यात्रु गएका छन् । मालिन्दो एयरले मलेसियाबाट १ सय ७६ जनालाई नेपाल ल्याएको छ ।

कतार एयरवेजले दोहाबाट १४१ जना यात्रुलाई नेपाल ल्याएको छ । यो जहाजले विदेश जाने क्रममा २ सय ५२ जना यात्रु बोकेर गएको छ । शुक्रबार एयर अरेविया सारजाहबाट १ सय ६७ यात्रु लिएर नेपाल आयो । यो जहाजले नेपालबाट २ जना यात्रु लिएर उडेको छ । एयर अरेवियाको अर्को जहाज भने  कार्गो लिएर आज नेपाल आएको छ ।

आन्तरिकतर्फ शुक्रबार सीता एयरको जहाज १२ यात्रु लिएर नेपालगन्ज उडेको छ । कैलास हेलीले चितवनबाट ४ जना यात्रुलाई लिएर काठमाडौं आयो । सिमि्रक एयरको हेलीले २ यात्रु लिएर गोरखाबाट काठमाडौं आएको छ ।

शनिबार करिव एक दर्जन उडान-अवतरण

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शनिबार समेत करीव १ दर्जन उडान-अवतरण को तयारी छ । शनिबार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका ४/४ उडान अवतरणको तयारी छ । टर्किस, कतार र जजिरा एयरवेजले एक/एक उडान-अवतरण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment