
२० असार,बुटवल । भारी वर्षाका कारण आएको बाढीले कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित डगडई सिँचाइ बाँध भत्काइदिएको छ । विजयनगर–३ मा रहेको बाँधको पूर्वतिरबाट माटो पटान गरी बनाइएको भाग बाढीले भत्काएको हो ।
प्रदेश सरकारको १५ लाखको अनुदानमा अघिल्लो वर्ष उक्त बाँध निर्माण गरिएको थियो । सो बाँधमार्फत हुने सिँचाइबाट ४ सय किसानहरु लाभान्वित हुँदै आएका डगडई सिँचाइ आयोजनाका अध्यक्ष अब्दुल ओहाब मुसलमानले बताए ।
बाँध भत्किएपछि धान खेतीभन्दा हिउँदे खेती गर्न समस्या हुने भएकाले किसानहरु चिन्तित बनेको मुसलमानले बताए ।
गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले वर्षायाम सकिएपछि पुनः बाँध निर्माण गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4