+
+
Shares

गोरखाका कोरोना संक्रमितको शव दरौंदी र लुदी खोला दोभान नजिक व्यवस्थापन गरिने

बिकास मरहट्टा  बिकास मरहट्टा 
२०७७ असार २० गते १२:३६

२० असार, गोरखा । शनिवार बिहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गरिने भएको छ ।

शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शव गोरखा नगरपालिका वडा नम्वर १२ र शहीद लखन गाउँपालिका वडा नम्बर १ को सिमानामा व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘पीपीई सेट लगाएर चार जना सेना शव व्यवस्थापनमा खटिनुहुन्छ,’ उनले भने, ‘एम्बुलेन्समा शव लैजाने तयारी भइरहेको छ ।’

पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार उपचारको क्रममा मृत्यु भएको हो । असार १६ गते कतारबाट फर्केका उनी जीवनज्योती माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।

शुक्रबार कोरोना पुष्टि भएपछि उपचारका लागि उनलाई गोरखा अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?