Comments Add Comment

स्टोक्सको कप्तानी इंग्ल्याण्डको टोली घोषणा

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध हुने पहिलो टेष्टका लागि इंग्ल्याण्डको टिम घोषणा गरेको छ । इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शनिबार अलराउण्डर बेन स्टोक्सको कप्तानीमा १३ सदस्सीय टिमको घोषणा गरेको हो ।

नियमित कप्तान जोए रुट घरायसी कामको कारण अनुपस्थित हुने भएपछि स्टोक्सले पहिलो टेष्टमा इंग्ल्यान्डको कप्तानी गर्न लागेका हुन् । स्टोक्स इंग्ल्यान्डको टेष्ट टिमको कप्तानी गर्ने ८१ औं कप्तान हुन् ।

बोर्डलवे यस वर्षको सुरुमा दक्षिण अफ्रिका भ्रमण गरेका टोलीलाई नै निरन्तरता दिँदा इन अली र जोनी बेयर्‍स्टो जस्ता खेलाडी टिममा परेनन् ।

टिममा जेम्स एण्डरसन, जोफ्रा आर्द्बर, डोमिनिक बेस, स्टुवार्ड बोर्ड, रोरी ब्रुन्स, जोस बट्लर, ज्याक क्रली,जोइ डेन्ली, ओली पेपे,डोम सिब्ली, क्रिस वोक्स र मार्क उड रहेका छन् ।

यस्तै ९ खेलाडीला२ रिजर्भमा राखिएको छ ।

कोरोनाभाइर समहामारीपछि पहिलो पटक हुन लागेको क्रिकेटमा इंग्ल्याण्ड र वेष्ट इन्डिज खेल्न लागेका हुन् ।

तीन टेष्टको सिरिजमा पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनमा सुरु हुनेछ । यस्तै दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।

बन्द रंगशालामा हुने सिरिज २१ दिनमा सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment