
सांकेतिक फोटो
२१ असार, काठमाडौं । झापामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कमल गाउँपालिका–५ मा रतुवा खोला र चाजु खोलाको दोभानमा आएको बाढीले शनिबार दिउँसो बगाउँदा टुक्रेका पुष्प राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार खोलाबाट दाउरा निकाल्ने क्रममा बाढीले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय, दमकबाट प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली खाेजीमा खटिएकोमा राई खोला छेऊ मृत भेटिएका थिए ।
शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4