+
+
Shares

टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १७:४१

२१ असार, काठमाडौं । हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ना ७ ख ६५९७ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको ना ५३ प ३३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ठेगाना नखुलेका करिब ५५ वर्षीय सूर्यबहादुर लामाको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

वीरगञ्ज–हेटौंडा सडकखण्ड अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको आधाभार क्षेत्रमा आइतबार दिउँसो १ बजेको समयमा टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक लामाको घट्नास्थलमै मृत्यु भएको उनले बताए ।

डीएसपी गौतमका अनुसार ठक्कर दिने टिपरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?