Comments Add Comment

इरानको आणविक केन्द्रमा आगलागीबाट ठूलो क्षति

२२ असार, काठमाडौं । गत बिहीबार इरानको एक आणविक केन्द्रमा भएको आगलागीमा ठुलो क्षति भएको इरानले बताएको छ ।

इरानको एटोमिक इनर्जी अर्गनाइजेसनका प्रवक्ता बेह्रोउज कमलचभण्डीले आगलागी भएको पुष्टि गरेका भए पनि कारण भने खुलाएका छैनन् । यद्यपि कारण पत्ता लागिसकेको उनको दाबी छ ।

प्रवक्ताका अनुसार आगलागीबाट ध्वस्त भएका मेसिनहरु अत्याधुनिक उपकरणले विस्थापित गरिने बताएका छन् ।

बिहीबार सेनट्रिफ्युज एसेम्ब्ली वर्कसपबाट आगलागी भएको बताइएको छ । सेन्ट्रिफ्युज युरेनियम उत्पादनका लागि आवश्यक पर्छ । यसलाई रियाक्टर इन्धनका साथै न्युक्लियर हतियारको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

इरानको एटोमिक इनर्जी अर्गनाइजेसनका प्रवक्ता बेह्रोउज कमलचभण्डीले आगलागीको कारण सुरक्षाको कारण देखाउँदै भन्न नमिल्ने बताएका हुन् । यो अगलागीमा कसैको पनि मृत्यु भने नभएको उनको भनाइ छ । यसले इरानको सेन्टि्रफ्युज उत्पादन केही सुस्ताउने उनको भनाइ छ ।

केही साताअघि पनि इरानमा एक ठूलो विष्फोटको घटना भएको थियो । इरानको अमेरिकासँग अहिले न्युक्लियर ऊर्जाको विषयमा विवाद चलिरहेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment