 
																			२२ असार, वीरगञ्ज । बारा प्रहरीले मास्क प्रयोग नगर्ने १०२ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । कोरोना भाइरसको महामारीको समयमा मास्क प्रयोग नगर्नेलाई नियन्त्रणमा लिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।
संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रतिव्यक्ति एक सय जरिवानापश्चात उनीहरूलाई छाडिएको मिश्रले बताए ।
मास्क नलगाई व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चलाउने चालक, पैदल हिँडडुल गर्ने पैदल यात्रीहरूलाई केही दिनयता बारा प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमार्फत जरिवाना तिराएर छोड्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4