+
+
Shares

‘पेन’ को अध्यक्षमा गान्धी शर्मा चयन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते १९:५२

२२ असार, काठमाडौं । नेपाल औषधीगत विक्री प्रबन्धक संघ (पेन) को केन्द्रीय अध्यक्षमा गान्धी प्रसाद शर्मा चयन भएका छन् । हालै भएको संघको अधिवेशनबाट शर्मा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।

अध्यक्षसहित केन्द्रीय समितिमा ५ जना चयन छएका छन् । केहि दिनभित्रै ११ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइने नवनिर्वाचित अध्यक्ष शर्माले जानकारी दिए । शर्माले संघको सदस्यता विस्तारलाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन् ।

उनले देशभरमा धेरै संघको सदस्यता लिनबाट छुटेको भन्दै अब अनलाईन प्रणालीमार्फत सदस्यता वितरणको सुरूवात गरिने बताए ।

नयाँ कार्य समितिले औषधी कम्पनीका प्रतिनिधि, कम्पनी र सरकार विच समन्वयात्मक भुमिका निर्वाह गर्दे सहजीकरण गर्ने वताए ।

कम्पनी र थोक विक्रेता विचको सम्बन्ध सुमधुर हुनुपर्ने आवस्यकतामा जोड दिंदै उनले प्रबन्धक, प्रतिनिधि र कम्पनी विचको तालमेल अझै प्रगाढ वनाउन भुमिका खेल्ने बताए ।

संघमा हाल देशभरका करिब २ हजार सदस्य रहेका छन् । संघले समस्यामा परेका औषधी कम्पनीका प्रतिनिधि प्रबन्धकहरुलाई सहयोगी भुमिका खेल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?