Comments Add Comment

केही दिनमा नै हङकङबाट बाहिरिँदै टिकटक

२३ असार, काठमाडौं । चिनियाँ सर्ट भिडियो एप टिकटकले अबको केही दिनमा हङकङमा आफ्नो सेवा बन्द गर्ने बताएको छ । चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन ल्याएसँगै टिकटकले अबको केही दिनमा हङकङमा आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि सामाजिक सञ्जाल कम्पनीहरु फेसबुक र ट्विटरले पनि हङकङ प्रहरीसँग सूचनाको लागि गर्दै आएको सहकार्य रोक्ने निर्णय गरेका थिए ।

टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा छ । यो एप कम्पनीले मुख्यभूमि चीनभन्दा बाहिरका क्षेत्रलाई लक्षित गर्दै ल्याएको हो । विश्वभर आफ्नो प्रभाव विस्तार गर्ने उद्देश्यका साथमा यो एपको विकास गरिएको हो । चीनको लागि भने कम्पनीको टिकटकजस्तै डोउयिन नामक एप छ ।

टिकटकका प्रमुखले यो एपको डेटा चीनमा स्टोर नगरिने बताएका छन् । साथै टिकटकले चीन सरकारले गोप्य विवरणहरु मागेको खण्डमा पनि कपनीले त्यो आग्रह अस्वीकार गर्ने स्पष्ट पारेको छ । यद्यपि चीनले हङकङमा ल्याएको नयाँ राष्ट्रिय सुरक्षा कानुनले भने चिनियाँ अधिकारीहरुलाई हङकङमा थप नयाँ अधिकार दिएको छ ।

जसले टिकटकको डेटा सुरक्षाबारे आशंका पैदा भएको हो । अधिकांश सामाजिक सञ्जालहरुले हङकङमा प्रदान गरिँदै आएको सेवामा परिवर्तन गरिने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment