+
+
Shares

गाउँ लगिएको राहत खोस्ने वडाध्यक्ष राष्ट्रिय जनमोर्चाको कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २३ गते १५:५१

२३ असार, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा राहत लिएर जानेहरूमाथि आक्रमण गर्ने आफ्ना कार्यकर्तालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको छ ।

प्रवासी नेपाली र प्रवासी युवा संघ दूरलेकले पठाएको सहयोग रकमबाट खाद्यान्न किनेर असार १३ गते ढोरपाटन नगरपालिका- ४ खुँगातर्फ ट्रयाक्टरमा लगिएको राहत राजमोका कार्यकर्ताले खोलामा फ्याँकिदिएका थिए भने राहत लिएर जानेहरूमाथि आक्रमण गरेका थिए ।

उनीहरूले बिरामी उपचार गर्न पठाएको नगद समेत खोसेर लगेका थिए । राष्ट्रिय जनमोर्चाका कार्यकर्ताको आक्रमणबाट राहत वितरण गर्न गएका डिलबहादुर सेरबुजा र ट्रयाक्टर ड्राइभर घाइते भएका थिए ।

उक्त घटनामा राष्ट्रिय जनमोर्चाको तर्फबाट नगरपालिकाको वडा नं ४ मा निर्वाचित वडाध्यक्ष तिलक पुनको निर्देशन र निर्वाचित सदस्यहरू तिलबहादुर फगामी र गनबहादुर फगामी संलग्न देखिएको अध्यक्ष  चित्रबहादुर केसीले जानकारी दिए ।

‘उक्त घटनामा संलग्न देखिएकोले उनीहरू तीनै जनालाई राष्ट्रिय जनमोर्चाको सदस्यताबाट समेत नरहने गरी निष्कासन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?