+
+
Shares

सडकको विषयमा पर्साको पोखरियामा झडप, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २३ गते १५:५८

२३ असार, वीरगञ्ज । सडकको विषयमा भएको विवादपछि झडप हुँदा पर्साको पोखरियामा ३ जना घाइते भएका छन् ।

पोखरिया नगरपालिका-७ रानीगञ्जमा मंगलबार बिहान भएको झडपमा उपभोक्ता समितिका अध्यक्ष रामायण राम, भन्टु राम र स्थानीय सञ्जुकुमारी राम  घाइते भएका हुन् ।

सडक कतै ८ फिट र कतै १० फिट फराकिलो बनाइएको भन्दै स्थानीय सन्दीप राम र लालदेव रामले  विरोध गर्दै आएका थिए । मंगलबार विहान सञ्जुकुमारी रामको परिवारले घर अगाडिको माटो हटाउन लाग्दा उपभोक्ता समितिका अध्यक्षले रोकेपछि दुई पक्षबीच झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

सञ्जु कुमारीको नाक, मुख, ओठ र टाउकोमा चोट लागेको छ । उनीसंगै अध्यक्ष रामायण र भन्टुको पोखरिया अस्पतालमा उपचार भइरहेको छ ।

बाटो निर्माणको विषयमा उपभोक्ता समिति र स्थानीय वासिन्दाबीच सामान्य झडप भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । घटनामा संलग्नको आशंकामा प्रहरीले स्थानीय सन्दीप राम र लालदेव रामलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?