
प्रतीकात्मक तस्वीर
२३ असार, काठमाडौं । बैङ्किङ कसुरका एक जना फरार अभियुक्तलाई केन्द्रीय कारागार चलान गरिएको छ ।
जिल्ला अदालत, भक्तपुरबाट दोषी ठहर भएका भुपेन्द्र गुराजुलाई कारागार चलान गरिएको हो ।
अदालतका तहसिलदार हिरा भुसालले अनलाइनखबरलाई बताएअनुसार ५० लाख जरिवाना र दुई महिना कैद सजाय भुक्तानका लागि उनलाई कारागार पठाइएको हो ।
महानगरीय प्रहरी परिसर, भक्तपुरले उनलाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4