२४ असार, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको एट्लेटिको मड्रिड सेल्टा भिगोसँग बरारबरीमा रोकिएको छ । सेल्टाको मैदानमा भएको खेलमा एट्लेटिकोले पहिलो मिनेटमै अग्रता लिए पनि खेल १-१ को बराबरीमा सकिएको थियो ।
अल्भारो मोरोटाले लको पहिलो मिनेटमै गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । सेल्टाभिगोका लागि ४९औं मिनेटमा फ्रान बेल्ट्रानले बराबरी गोल फर्काए ।
बराबरीपछि एट्लेटिकोले चौथो स्थानको सेभियासँग अंक दूरी ५ मा पुर्याउने मौका गुमायो । ३५ खेलबाट एट्लेटिकोको ६३ अंक छ । एक खेल कम खेलेको सेभियाको ६० अंक छ । ३५ खेलबाट ३६ अंक जोडेको सेल्टा १५औं स्थामा उक्लेको छ ।
ला लिगाकै अर्को खेलमा भ्यालेन्सियाले रियल भाल्लाडोलिडलाई २-१ ले पराजित गरेको छ । म्याक्सिमिलियानो गोमेजले ३०औं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । ४७औं मिनेटमा भिक्टोर गार्सियाले भाल्लाडोलिडका लागि बराबरी गोल फर्काए । खेल सकिन एक मिनेट बाँकी छँदा कान इन लीले गोल गरेपछि भ्यालेन्सियाले जित हात पारेको हो ।
जितपछि ३४ खेलबाट ५० अंक जोड्दै भ्यालेन्सिया आठौं स्थानमा उक्लेको छ । समान खेलबाट ३० अंक रहेको भाल्लाडोलिड १३औं स्थानमा छ ।
प्रतिक्रिया 4