+
+

धादिङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु   

रासस रासस
२०७७ असार २४ गते १४:३३

२४ असार, धादिङ । धुनीबेंसी नगरपालिका वडानम्बर ९ खत्रीपौवामा दुर्घटना हुँदा बुधबार बिहान एकजनाको मृत्यु भएको छ ।

काठमाडौँबाट नौबीसेतर्फ आउँदै गरेको बा४ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडानम्बर ३ काठमाडौँ निवासी ३० वर्षीय महेश श्रेष्ठको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

घटनापछि सवारी चालक फरार भएका छन् भने प्रहरीले सवारी साधन नियन्त्रणमा लिएको छ । शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?