Comments Add Comment

अमेरिकामा एकैदिन थपिए कोरोनाका ६० हजार नयाँ संक्रमित

२४ असार, काठमाडौं । अमेरिकामा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का ६० हजार नयाँ संक्रमित थपिएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार मंगलाबार एकैदिन यति धेरै नयाँ संक्रमित भेटिएका हुन् । अमेरिकामा एकैदिनमा भेटिएका संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । जुलाई २ मा अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५५ हजार २२० नयाँ संक्रमित फेला परेका थिए ।

अमेरिकाको क्यालिफोर्निया र टेक्सासमा एकैदिन १० हजारभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेसँगै अमेरिकामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या पनि ६० हजार नाघेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार मात्र अमेरिका कोरोना भाइरसको महामारीको लागि सही स्थानमा रहेको बताएका थिए ।

संक्रमित संख्या र मृतकको आधारमा अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुक हो । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका ३० लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक लाख ३१ हजार नाघेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment