Comments Add Comment

कोरोना प्रभावित फिल्मको सूचीमा फिल्मकर्मीकै आपत्ती

चलचित्र निर्माता संघले कोरोनाबाट प्रभावित भएको भन्दै ६४ वटा चलचित्रको नाम चलचित्र विकास बोर्डमा वुझायो । चलचित्र विकास बोर्डले प्रभावित चलचित्रको नाम वुझाउन आग्रह गरेपछि निर्माता संघले नाम वुझाएको हो ।

निर्माता संघले ६४ चलचित्रको नाम वुझाएपछि चलचित्रकर्मीहरुले नै यसमा आपत्ती जनाएका छन् । किनकी, कोरोना प्रभावित चलचित्रको सूचीमा यस्ता चलचित्रको नाम पनि छन्, जुन विकास बोर्डमा दर्ता गरेर निर्माण नै नभई थन्किएका छन् । कतिपय चलचित्रको निर्माण कार्य नै सुरु भएको छैन । यसले वास्तविक चलचित्रले राहत नपाउने भन्दै चलचित्रकर्मीले नै विरोध जनाएका छन् ।

चलचित्र निर्माता संघका महासचिव रोज राणाले विकास बोर्डमा वुझाइएका नाममा आफ्नो असहमती रहेको बताएका छन् । उनले, कोरोनाका कारण अप्ठ्यारोमा परेका चलचित्रलाई मौका दिनुपर्नेमा अन्यथा भएकोमा असहमति भएको उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस कोरोनाबाट प्रभावित ६४ फिल्मको सूची निर्माता संघले बोर्डमा बुझायो(सूचीसहित)

यस्तै, चलचित्र संघका पूर्व अध्यक्ष प्रदिपकुमार उदयले पनि ६४ वटा चलचित्रको नाम वझुाउँदा वास्तविक चलचित्रले न्याय पाउलान् त भनेर प्रश्न उठाएका छन् । उनले, निर्माता संघले छानविन नै नगरि किन जथाभावी नाम वुझाएको हो भनेर प्रश्न गरेका छन् ।

तर, चलचित्र निर्माता संघका कोषाध्यक्ष सुशिल पोखरेलले भने निर्माता संघले आह्वान गरिसकेपछि संघका सदस्यहरुले भरेको फारममा नजरअन्दाज गर्ने, निवेदन नै नलिने र लिइसकेपछि सम्बन्धीत निकायमा नपठाउने कार्य गर्न नमिल्ने बताएका छन् ।

उनले, निर्माता संघले पठाएका चलचित्रको नाममा विकास बोर्डले नै छानविन गर्ने पनि उल्लेख गरेका छन् । निर्माता संघले आफ्नो धर्म र भूमिका वैधानिक रुपमा पुरा गरेको उनले बताएका छन् ।

चलचित्र विकास बोर्डले निर्माता संघबाट प्राप्त गरेका कोराना प्रभावित चलचित्रको सूचीमा गम्भिर रुपमा अध्ययन गर्न आवश्यक देखिएको छ । किनकी, निर्माण नै नभएका, डीस होममा रिलिज भैसकेका, निर्माणको तयारी नै नथालेका चलचित्रको नाम पनि निर्माता संघले बोर्डमा वुझाउँदा वास्तविक कोरोना प्रभावित चलचित्र मर्कामा पर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment