Comments Add Comment

टोकियोमा एकैदिन भेटिए २२४ कोरोना संक्रमित

२५ असार, काठमाडौं । जापानको राजधानी सहर टोकियोमा एकैदिनमा सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । टोकियोमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २२४ नयाँ संक्रमित फेला परेका हुन् ।

एकैदिन यतिको संख्यामा संक्रमित भेटिनुको कारण नाटकीयरुपमा बढेको परीक्षण रहेको अधिकारीहरुले बताएका छन् । यद्यपि जापानमा आपतकालीन अवस्था हटाइएसँगै राजधानी सहरमा निरन्तर कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा छ ।

धेरै मानिसहरुले भने टोकियोमा अबेर रातिसम्म चल्ने मनोरञ्जनका कार्यक्रमले मुलुकमा कोरोना संक्रमितको संख्या बढेको बताएका छन् । संक्रमितको संख्या बढेसँगै जापानको सरकारलाई दबाव पनि बढेको छ । शुक्रबारदेखि सार्वजनिक खेलकुदका क्षेत्रहरु खोल्ने तयारी भइरहेको समयमा टोकियोमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । शुक्रबार रातिदेखि फुटबल तथा बेसबल खेलका लागि पाँच हजारसम्म मानिसहरुलाई स्टेडियममा जाने अनुमति दिइनेछ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार जापानमा अहिलेसम्म कोरोना भाइरसका २० हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ९८२ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment