Comments Add Comment

एउटा फोनको मूल्य ५ अर्ब, यी हुन् संसारका सबैभन्दा महँगा १० मोबाइल फोन

तपाईंले कति मूल्यको फोन बोक्नुहुन्छ ? आफ्नो फोन निकै महँगो छ भनेर घमण्ड गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने एकपटक सोच्नुहोस् ।

किनकि यो संसारमा केही त्यस्ता फोन छन् जसको मूल्य करोडौँ रुपैयाँ पर्दछ, जुन आम सर्वसाधारणको कल्पनाभन्दा पनि बाहिर हुन्छ ।

अहिले बजारमा रहेका विश्वका सबैभन्दा महंगा मोबाइल फोनमध्ये टपटेन महँगा फोनको सूची यस्तो छ :

१ . “alcon Supernova iPhone 6 Pink Diamond : फाल्कोन सुपरनोभा आइफोन सिक्सको गुलाबी हिरा संस्करणको स्मार्टफोन अहिले विश्वको सबैभन्दा महंगो मोबाइल फोन हो । यसको मूल्य कल्पना भन्दा बाहिर अर्थात् ४ करोड ८५ लाख डलर अर्थात् ५ अर्ब रुपैयाँभन्दा धेरै पर्दछ । सन् २००४ मा आएको आइफोन सिक्सको कस्टमाइज्ड मोडलको रुपमा रहेको फाल्कोन सुपरनोभा फोनलाई चौबिस क्यारेस सुनले छोपिएको छ र पछाडिको भागमा एउटा ठूलो टुक्रा गुलाबी हिरा राखिएको छ । साथै यो आइफोनमा प्लाटिनम लेपन गरिएको छ र ह्याक प्रुफ टेक्नोलोजी रहेको छ, जसका कारण यो आइफोनलाई कसैले पनि ह्याक गर्न सक्दैन । रोचक त के भने विश्वकै टपटेन धनाढ्य मध्येका एक भारतीय अर्वपति मुकेस अम्बानीकी श्रीमती निता अम्बानीसँग पाँच अर्ब रुपैयाँ भन्दा बढी मूल्यको यो आइफोन रहेको छ ।

२. Stuart Hughes iPhone 4s Elite Gold : विश्वको दोश्रो सबैभन्दा महंगो स्मार्टफोनको रुपमा रहेको आइफोन फोर एस को यस कस्टमाइज्ड फोनको मूल्य ९४ लाख डलर रहेको छ । स्टुआर्ट ह्युज कम्पनीको तयार पारेको आइफोनको यो मोडेल हस्तनिर्मित हो । जसमा पाँचवटा एकसय क्यारेटका हिराका टुक्रा जडित गरिएको छ । फोनको पछाडिको भाग तथा लोगो चाहिँ चौबिस क्यारेट सुनले बनाइएको छ । एप्पलको लोगोमा ५३ वटा हिराको टुक्रा पनि रहेका छन् । त्यस्ते होम बटनमा चाहिँ ८.६ क्यारेटको सिंगल कट हिरा राखिएको छ ।

३. Stuart Hughes iPhone 4 Diamond Rose Edition : विश्वको तेश्रो सबैभन्दा महँगो मोबाइल फोनसमेत आइफोन नै हो जसलाई स्टुआर्ट ह्युज कम्पनीले कस्टमाइज गरी उत्पादन गरेको हो । आइफोन फोर डायमण्ड रोज संस्करणको यो फोनको मूल्य ८० लाख डलर रहेको छ । अहिलेसम्म यो मोडेलका केवल २ वटामात्र फोन उत्पादन गरिएको छ र दुवै अर्डर बमोजिम ग्राहकको माग अनुसार नै कस्टमाइज्ड गरिएको हो । यो फोन गुलाबी सुनले बनेको छ जसमा ५ सयवटा एकसय क्यारेटका हिरा जडित छन् । त्यस्तै एप्पलको लोगो ५३ वटा हिराबाट बनाइएको छ । त्यस्तै होम बटनमा ७.४ क्यारेटको सिंगल कट डायमण्ड राखिएको छ ।

४. Goldstriker iPhone 3GS Supreme  : स्टुआर्ट ह्युजकै डिजाइन रहेको यो फोन विश्वको चौथो महँगो फोन हो र यसको मूल्य ३२ लाख डलर रहेको छ । यो फोनमा २२ क्यारेटको २ सय ७१ ग्राम सुन प्रयोग गरिएको छ ।

५.iPhone 3G Kings Button : आइफोन थ्री जी किंग्स बटन फोन विश्वको पाँचौँ महँगो फोन हो । यसको मूल्य २५ लाख डलर रहेको छ । अष्ट्रियन डिजाइनर पिटर एलिसलनले डिजाइन गरेको यो फोनमा १८ क्यारेटको पहेँलो, सेतो र गुलाबी सुन प्रयोग गरिएको छ ।

६ .Diamond Crypto Smartphone : १३ लाख डलरको यो फोन कुनैबेला विश्वकै सबैभन्दा महँगो फोनको रुपमा पहिलो स्थानमा थियो । तर अहिले छैटौँ स्थानमा रहेको छ । एलोइसोनले डिजाइन गरी जेएससी एंकोर्ट कम्पनीले उत्पादन गरेको यो फोनको अधिकांस हिस्सा प्लाटिनमले बनेको छ । त्यस्तै फोनको लोगो र होम बटन चाहिँ गुलाबी सुनले बनेको छ । त्यस्तै फोनमा पचासवटा हिराका टुक्रा राखिएका छन् जसमध्ये १० वटा दुर्लभ निलो हिरा छन् । यसका अलावा यो फोनमा एउटा सानो बहुमूल्य काठको टुक्रा पनि राखिएको छ ।

७ . Goldvish Le Million : प्रसिद्ध लक्जरी ब्राण्ड गोल्डफिसले उत्पादन गरेको ले मिलियन नामक फोन विश्वको सातौँ महंगो फोन हो । यसको मूल्य १० लाख डलर रहेको छ । यो फोन विश्वचर्चित घडी तथा गहना डिजाइनर इमानुएल गुएटले डिजाइन गरेका हुन् । यो फोनमा १८ क्यारेटको सेतो सुनका साथै १२० क्यारेटका भिभिएस वान ग्रेड हिरा रहेको छ । यो फोन अहिलेसम्म केवल ३ वटामात्र उत्पादन भएको छ ।

८ . Gresso Luxor Las Vegas Jackpot : ग्रेस्सो कम्पनीको लस भेगास ज्याकपट नामक फोन विश्वको सबैभन्दा महंगो फोनको सूचीमा आठौँ स्थानमा छ । यसको मूल्य १० लाख डलर रहेको छ । कम्पनीले यो मोडेलका केवल ३ वटा मात्र फोन उत्पादन गरेको थियो र तीनवटामै युनिक नम्बर राखिएको थियो । यो फोनमा १८० ग्राम सुन तथा ४५.५ क्यारेटको कालो हिरा प्रयोग गरिएको छ ।

९ . Goldvish Revolution :  चर्चित स्विडिस ब्राण्ड गोल्डविसको यो फोनको मूल्य चार लाख ८८ हजार १५० डलर रहेको छ । यो फोनको डिजाइन निकै अनौठो रहेको छ । सेतो र गुलाबी सुनबाट बनेको यो फोनमा सुनका अलावा हिरा, लेदर तथा काँचको प्रयोग गरिएको छ ।

१०. Virtue Signature Cobra : तीन लाख १० हजार डलर मूल्यको यो फोन विश्वको दशौँ सबैभन्दा महँगो फोन हो । भर्चु कम्पनीको यो डिजाइनको फोन जम्मा ८ वटामात्र उत्पादन गरिएको छ । फ्रेन्च कम्पनी बोचेरोन भर्चु कम्पनीले डिजाइन गरी बेलायतमा हस्तनिर्मित यो फोनमा सुन लेपन गरिएको छ । यसमा ४३० वटा रुबी प्रयोग गरिएको छ । यो फोन पनि केबल ८ वटामात्र उत्पादन गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment