Comments Add Comment

नयाँ सदस्य सचिव छान्ने प्रक्रिया सुरु, तीन सदस्यीय सिफारिस समिति गठन

२६ असार काठमाडौं । राष्ट्रिय खेलकद परिषदको नयाँ सदसस्य सचिव छनोट गर्ने प्रकिया अघि बढेको छ । युवा तथा खेलकुद मन्त्रालयले राखेपको सदस्य सचिव छनोट गर्नका लागि शुक्रबार तीन सदस्यीय सिफारिस समिति गठन गरेपछि प्रक्रिया सुरु भएको हो ।

समितिको संयोजकमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपिलया छन् । यस्तै सदस्यहरुमा रिम रानाभाट र इन्दिरा निरौला रहेको मन्त्रालयका सहससचिव तथा प्रवक्ता डा मानबहादुर विकेले जानकारी दिए । नयाँ ऐनअनुसार सिफारिस समितिमा दुईजना विज्ञ र एक जना महिना अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

समितिको बैठक शुक्रबारै सुरु भइसकेको छ । अब समितिले सदस्य सचिव छनोट प्रक्रियाका लागि कार्यविधि तय गर्नेछ । त्यही कार्यविधि अनुसार राखेपको सदस्य सचिव छनोटको कार्य अघि बढ्नेछ ।

सिफारिस समितिले सदस्य सचिव हुन मापदण्ड पूरा भएका एक महिलासहित तीन जनाको नाम खेलकुद मन्त्रालयमा सिफारिस गर्नेछ । उक्त नाम मध्ये मन्त्रिपरिषदले एकजनालाई सदस्य सचिव नियुक्त गर्नेछ ।

सदस्य सचिव बन्नको लागि खेलकुद क्षेत्रमा पाँच वर्षको अनुभव भएको, स्नातक पास भएको, ३० वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने लगायत मापदण्ड तोकेको छ ।

नयाँ खेलकुद ऐन लागु भएपछि राखेपका तत्कालीन सदस्य सचिव रमेश सिलवाललगायत पदाधिकारीहरु पदकमुक्त भएका थिए । त्यसपछि खेलकुद मन्त्रालयले भक्तराज ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी दिएको छ ।

नयाँ सदस्य सचिव नियुक्त नहुँदासम्म ढकालले नै जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment