Comments Add Comment

कर्णालीमा थपिए २७ जना कोरोना संक्रमित, २६ जना डिस्चार्ज

२६ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौैं र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप २७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेका ११ जना र सल्यानका १० जना, जाजरकोट र दैलेखका दुई/दुई जना, डोल्पा, सल्यान र बाजुराका एक/एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५८८ पुगेको छ ।

नयाँ संक्रमितमध्य सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ८ जना, भेरीगंगा नगरपालिका ३, सल्यानको कुमाख गाउँपालिकाका १० जना, जाजरकोट शिबालय गाउँपालिकाका २ जना, दैलेखको नारायण नगरपालिकाका २ जना, डोल्पाको मुड्केचुला गाउँपालिकाका एकजना, बाजुराको स्वामीकर्तिक खापर गाउँपालिकाका एकजना रहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

यस्तै, कर्णालीमा शुक्रबार २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १३४७ पुगेको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २३५ जना आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment