Comments Add Comment

बझाङ पहिरो : जेठाराले अरूलाई जोगाए, आफू हराए

२६ असार, कैलाली । शुक्रबार राति १ बजेतिर केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो आयो । गाउँमा पहिरो आएको कुरा सबै भन्दा पहिले २२ वर्षीय गिरिजा जेठाराले थाहा पाए । उनले गाउँमा पहिरो आएको भन्दै कराउन थाले ।

‘जेठाराले सबैलाई उठाए, तर आफैं भाग्न पाएनन्’ बझाङका प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले भने, ‘सबैलाई बचाउने उनै बचेनन् कि भन्ने चिन्ता छ ।’

शुक्रबार राति आएको पहिरोमा बेपत्ता भएका २२ वर्षीय जेठारा एक सातासम्म पनि भेटिएका छैनन् । पहिरोमा पुरिएका ६ जनाको शव शनिबार नै फेला परिसकेको थियो ।

आइतबारसम्म उनको अवस्था अज्ञात रहेपछि खोजी रोकिएको छ । ‘दुई दिनसम्म खोज्दा पनि भेटिएन,’ प्रजिअ भण्डारीले भने, ‘पहिरोले बगाएर कता पुर्‍यायो । अब भेटिँदैन होला भनेर उद्धार टोली फर्किसक्यो ।’

घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने १८ परिवारको घर र जिन्सी सम्पत्ति पूर्ण रूपमा बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment