
काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा एक हजार दुई सय मानिसको मृत्यु भएको हो ।
यससँगै ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७० हजार ३९८ पुगेको छ ।
संक्रमितेको संख्या १८ लाख नाघेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसका १८ लाख ८२७ संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका ४५ हजार नयाँ संक्रमित थपिएका थिए ।
स्रोत : अलजजिरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4