+
+
WC Series
काठमान्डु गोर्खाज 2025
27/1 (2.6)
VS
१०२ बलमा १२१ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

पर्साको ठोरीबाट गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते ९:४५

२८ असार, काठमाडौं । पर्साको ठोरीबाट अवैध लागूऔषध गाँजा बरामद भएको छ ।

सशस्त्र प्रहरीको सुवर्णपुरको बोर्डर आउट पोष्टले शनिबार राति ठोरी गाउँपालिका–४ स्थित गोपीबस्तीबाट करिब ३० केजी गाँजा बरामद गरेको हो ।

राति करिब साढे ११ बजेको समयमा चार–पाँच जनाले गाँजा बोकेर ल्याउँदै थिए । प्रहरीलाई देखेपछि उनीहरु गाँजा फालेर भागेको प्रहरी निरीक्षक सिंहवीर मल्लले जानकारी दिए ।

बरामद गरिएको गाँजालाई सुवर्णपुर प्रहरी चौकीको जिम्मा लगाइएको प्रहरी निरीक्षक मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?