+
+
Shares

दुर्घटनाग्रस्त गाडीमा ३४१ किलो गाँजा भेटियो, एक जना पक्राउ

गाडी खानतलासी गर्दा गाडीभित्र बोरामा प्याक गरी लुकाएर राखिएको अवस्थामा उक्त गाजा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १७:५५

२१ असोज, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा दुर्घटनामा परेको जिपभित्र प्रहरीले ३४१ किलो गाँजा फेला पारेको छ । धनकुटाबाट भेडेटारतर्फ आइरहेको बा १३ च ६२७५ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । जिप सडकबाट करिब १५ मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गाडी जाँच गर्दा गाँजा फेला परेपछि एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गाडी खानतलासी गर्दा गाडीभित्र बोरामा प्याक गरी लुकाएर राखिएको अवस्थामा उक्त गाजा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–९ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय अमित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?