+
+
Shares

टोखाका ३ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते १३:५४

२८ असार, काठमाडौं । टोखा नगरपालिका -६, हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले गत साता समुदायमा कोराना भाइरसको संक्रमण छ कि छैन् भनि उपत्यकाका विभिन्न १२ स्थानबाट एक-एक सयका दरले पीसीआर परीक्षणका लागि नमूना संकलन गरेको थियो । सो क्रममा टोखाको हरियाली बस्तीबाट समेत नमूना लिइएको थियो ।

ईडीसीडीका एक कर्मचारिका अनुसार हरियाली बस्तीबाट एक सय बढीको नमूना ल्याइ जाँच गर्दा तीनजना स्थानीयसहित चारजनामा कोरोना पोजेटिभ आएको छ । एकजना कैलालीबाट आएर क्वारेन्टिनमा बसेको व्यक्ति थिए भने तीनजना हरियाली बस्तीकै बासिन्दा हुन् ।

ईडीसीडीले यसअघि कन्ट्याक्ट ट्रेसिङमा स्रोत नखुलेका विभिन्न स्थानका केसहरुलाई आधार मानी त्यस स्थानका कम्तिमा एक सयका दरले नमूना संकलन गरेको थियो।

यसैबीच काठमाडौँ महानगरपालिका वडा नं २९ डिल्लीबजार क्षेत्रबाट संकलित २०० वटा नमुनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

स्थानीयमा संक्रमण भेटिन थालेपछि ईडीसीडीले समुदायमा कोरोना भाइरसको स्थिति अध्ययन गर्न पाँच दिनभित्र उपत्यकामा पाँच हजार जनाको पीसीआर परीक्षण गर्ने भएको छ। त्यसको लागि गत बिहीबारबाट स्वाब संकलनको काम सुरु भएको छ।

बिहीबार कलंकीस्थित मालपोत कार्यालय, शहीद मेमोरियल अस्पताल, कृषि विकास बैंक, टेकुस्थित वाणिज्य बैंक, नेसनल किड्नी सेन्टर बालाजु, यातायात कार्यालय स्वयम्भू, नेपाल इन्भेष्टमेन्ट बैंक गोंगबु, नेपाल एसबीआई बैंक गोंगबु, मालपोत कार्यालय जगाती, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, क्यान्सर अस्पताल भक्तपुर, यातायात कार्यालय जगाती, चाबहिलस्थित मालपोत कार्यालय, सनराइज बैंक, ओम अस्पताल, हेल्पिङ्ग हेन्ड अस्पताल र मेडिकेयर अस्पतालका सेवा प्रदायक कर्मचारी र सेवाग्राहीको पिसिआर परीक्षणका लागि स्वाब संकलन भयो। स्वाब संकलनको काम अझै सकिएको छैन भने बिहिबारको संकलन गरिएको स्वाबको रिपोर्ट पनि आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?