२८ असार, काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा वल्भ्सले एभर्टनलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा सहज जितपछि वल्भ्स अंक तालिकामा छैटौं स्थानमा उक्लेको छ र अर्को सिजन युरोपियन प्रतियोगिता खेल्ने सम्भावना कायमै राखेको छ ।
राहुल जिमिनेजले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीबाट गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै लियनडर डेनडोनकरले गोल थप्दै वल्भ्सको अग्रता दोब्बर पारे । ७४ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डिएगो जोटाले गोल थपेर वल्भ्सको जीत पक्का गरे ।
जीतपछि ३५ खेलबाट ५५ अंक जोडेको वल्भ्स सेफिल्ड युनाइटेडलाई १ अंकले पछि पार्दै छैटौं स्थानमा उक्लेको हो । सेफिल्डले अघिल्लो दिन चेल्सीलाई पराजित गरेको थियो ।
प्रतिक्रिया 4