+
+

राजेश हमाल ‘महानायक’ होइनन् भन्ने अधिकार हामीलाई छैनः दीपकराज गिरी

‘छक्का पन्जा’को ब्रान्डमाथि प्रहार भयो’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २९ गते १२:०१

निर्माता, कलाकार तथा निर्देशक दिपकराज गिरीले नायक राजेश हमाललाई ‘महानायक’ होइनन् भन्ने अधिकार आफूलाई नभएको स्पष्ट पारेका छन् ।

सामाजिक संजाल फेसबुकमा लाइभ कुरा गर्दै दिपकले भने–‘हामी एउटै क्षेत्रमा छौ । यसैले, एउटा ब्रान्ड टिमले अर्को ब्रान्ड कलाकारको बिषयमा प्रश्न उठाउनु गलत हो । राजेश हमाललाई ‘महानायक’ होइन भन्ने अधिकार हामीसँग छैन ।’

दिपकले राजेश हमालको बिषयमा बहस गर्दै गर्दा ‘छक्का पन्जा’को ब्रान्डमाथि प्रहार भएको समेत आरोप लगाएका छन् ।

उनले, आफूहरु ‘महानायक’को दौडमा नरहेको भन्दै मिडियामा अरु कुनै कलाकारको बिषयमा बहस गर्दै गर्दा बोल्दा ख्याल गर्नुपर्ने पनि बताए ।

दीपकले आफूहरुलाई प्रहार गर्नेमध्ये ७५ प्रतिशत फेक आइडी रहेको समेत बताएका छन् । प्रश्न गर्दै उनले भनेका छन्–‘के तपाइले आफ्नो दिदी बहिनीको बिषयमा पनि यस्तै शब्द प्रयोग गर्न सक्नुहुन्छ ।

तपाइको दिदी बहिनी पनि कुनै केटा साथीसँग काम गर्नुहुन्छ, के उहाँलाई पनि तपाई दिपाश्रीलाई प्रयोग गरे जस्तै शब्द प्रयोग गर्नुहुन्छ त ?’

दिपकले फरक मत राख्न नदिएर हामी कस्तो समाजको निर्माण गरिरहेका छौ भनेर प्रश्न गरेका छन् ।

जीवनभर राजेश हमाललाई गाली गर्नेहरु पनि अहिले आएर राजेश हमालको पक्षमा देखिएको भन्दै उनले यो आफूहरुमाथिको प्रहार भएको बताएका छन् । उनले यस्ता मानिसहरुलाई ‘अलिकती लाज राख्न’ पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?