Comments Add Comment

राज्यमन्त्री मानन्धर भन्छन्- टुकुचाको अतिक्रमण हटाएर व्यवस्थित बाटो बनाइन्छ

२९ असार, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काएर व्यवस्थित बाटो निर्माण गरिने बताएका छन् ।

टेकुमा ट्रिटमेन्ट प्लान्ट बनाउन र टुकुचा खोलाको ६ किलोमिटर क्षेत्रलाई सुन्दर र प्राकृतिक बहावमा ल्याउन यो आर्थिक वर्षमा २० करोड खर्च गरिने मानन्धरले जानकारी दिए ।

सोमबार बागबजार पुगेर टुकुचा खोलाको अवलोकन गर्दै राज्यमन्त्री मानन्धरले आगामी वर्षसम्म टुकुचाको रुप फेरिने दाबी गरे । राजधानी उपत्यकालाई व्यवस्थित र सुन्दर बनाउन सरकारले दीर्घकालीन योजनासहित काम गरिरहेको राज्यमन्त्री मानन्धरको भनाइ छ ।

स्थलगत अनुगमनमा सहभागी बागमती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले ढललाई व्यवस्थित गरी टुकुचा खोलामा शुद्ध पानीमात्र बगाउने योजना बनाइएको बताए ।

प्रदेशसभा सदस्य केशव स्थापितले टुकुचा काठमाडौंको सभ्यता भएकाले यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment