Comments Add Comment

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ हजार नाघ्यो

२९ असार, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३५ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३५ हजार ६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसको कारण २७६ जनाको मृत्यु भएको हो । यससँगै मेक्सिकोले कोरोनाबाट मृत्यु हुनेको संख्यामा इटालीलाई पछि पारेको छ । अहिलेसम्म इटालीमा कोरोना भाइरसको कारण ३४ हजार ९५४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरसका चार हजार ४८२ नयाँ संक्रमित फेला परेका छन् । यससँगै मेक्सिकोमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या दुई लाख ९९ हजार ७५० पुगेको छ । एकदिन अघि मेक्सिकोका राष्ट्रपति अन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले कोरोना भाइरसको प्रभाव कमजोर हुँदै गएको स्वास्थ्य अधिकारीहरुले आफूलाई बताएको उल्लेख गरेका थिए । यद्यपि स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने कोरोना भाइरसका संक्रमित र मृतकको संख्या स्थिर देखिएको थियो ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment