Comments Add Comment
साढे ३३ किलो सुनकाण्ड :

आरडीटी पोजेटिभ आएपछि गोरेका सहयोगीलाई अदालतले फिर्ता पठायो

२९ असार, विराटनगर । साढे ३३ किलो सुन तस्करी काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका हरिशरण खड्कालाई जिल्ला अदालत, मोरङमा उपस्थित गराइएको छ ।

दुबईमा पक्राउ गरेर नेपाल ल्याइएका उनलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको हो । तर थुनछेक बहस अगाडि आरडीटी जाँच गर्दा पोजेटिभ रिपोर्ट आएपछि अदालतले फिर्ता पठाएको थियो । आरडीटी पोजेटिभ आएपछि फिर्ता पठाइएको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले बताए ।

तर सोमबार नै पीसीआर टेष्ट गर्दा उनमा कोरोना संक्रमण नभएको पाइएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने, ‘दुबईमै कोरोना संक्रमण भएकाले आरडिटी पोजेटिभ देखिएको होला । पीसीआर टेष्ट नगेटिभ आएको छ ।’

काभ्रेको बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय खड्का लामो समय फरार सूचीमा थिए । रेडकर्नर नोटिस जारी गरेर इन्टरपोलमार्फत खोजी गर्ने क्रममा उनी पक्राउ गरे ।

खड्कासहित ७५ जनाविरुद्ध मोरङ अदालतमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment