Comments Add Comment

व्रतमा किन खाइन्छ सिधे नुन ?

धार्मिक आस्था राख्नेहरुका लागि पवित्र महिना, साउन । यस महिनामा भगवान शिवको पूजा आराधना गरिन्छ । शरीर र मनलाई शुद्ध गरेर ब्रत बस्ने, मनलाई भक्ती–भजनमा लगाउने, दान दिने गरिन्छ ।

साउनको महिनामा व्रत बस्दा आफ्नो कामना पुरा हुने धार्मिक विश्वास छ ।  त्यसो त वर्षायामको यो समयमा व्रत बस्नु शारीरिक हिसाबले उत्तिकै फाइदाजनक पनि छ । यतिबेला हाम्रो पाचन यन्त्र कमजोर हुने, खानेकुराको माध्यामबाट संक्रमण फैलिने जस्ता कारणले व्रत बस्नु उपयोगी हुने बताइन्छ ।

ब्रतको आ–आफ्नै विधी विधान छन् । व्रतका केही प्रकार छन् । कतिपय व्रतमा अन्न, पानी सेवन गरिदैन भने, कतिपय व्रतमा अन्न मात्र त्याग्ने गरिन्छ ।

व्रतको क्रममा सिधे नुन भने सेवन गरिन्छ र यो आफैमा फाइदाजनक पनि मानिन्छ । व्रतमा किन सिधे नुन खान हुन्छ ?

के हो सिधे नुन ?

सिधे नुनको रासायनिक नाम सोडियम क्लोराइड हो । यो रंगहीन एवं सेतो हुन्छ । अहिले यो हल्का निलो, गाढा निलो, रातो, पहेंलो पनि हुने गरेको छ । सिधे नुन सबै नुनभन्दा राम्रो मानिन्छ । आयुर्वेदमा समेत यस नुनको उपयोगिताबारे उल्लेख छ ।

व्रतमा किन खाइन्छ ?

आयुर्वेदमा सिधे नुनलाई सबैभन्दा शुद्ध र हल्का मानिन्छ । यसले पाचन प्रक्रियालाई पनि दुरुस्त राख्छ । शरीरलाई सितल राख्न सहयोग गर्छ । यो प्रशोधन नगरिएको हुँदा यसमा रहेको पोषक तत्व जस्ताको तस्तै प्राप्त हुन्छ । व्रतमा हामीलाई धेरै पोषणको आवश्यक्ता हुन्छ । यसमा रहेको म्याग्नेशियम, क्याल्शियम, आइरन र जिंकले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यस नुनमा सोडियमको मात्रा कम हुने र पोटाशियमको मात्रा बढी हुन्छ । यही कारण यो नुन सेवन गर्दा रक्तचाप पनि नियन्त्रित हुन्छ ।

व्रतमा नुन सेवन नगर्दा आयोडिनको कमी हुने गर्छ । साथसाथै मांशपेसीमा पनि असर पुग्छ । त्यही कारण सिधे नुन सेवन गर्नु जरुरी हुन्छ ।

अन्य फाइदा

पाचन पक्रियाका लागि सबैभन्दा उपयोगी मानिन्छ, सिधे नुन । यसका साथै प्रतिरक्षा प्रणाली बढाउनका लागि पनि यो नुन उपयोगी हुन्छ । सिधे नुनले हाम्रो शरीरमा इलेक्ट्रोलाइट्सलाई सन्तुलित राख्छ, जसले व्रतको क्रममा हामीलाई उर्जा दिन्छ ।

सिधे नुनले शरीरमा फ्याट सेल्स कम गर्छ । शरीरको विषाक्त तत्व बाहिर निकाल्छ । सेरोटोनिन र मेलाटोनिन हर्मोनलाई सन्तुलित राख्छ र हाम्रो तनावको स्तर कम गर्छ । साइनस, अस्थमा, आर्थराइटिस र स्टोन जस्तो रोग निको बनाउन समेत सहयोगी मानिन्छ ।

कसरी खाने ?

आयोडिनयुक्त नुन जस्तै सिधे नुन पनि खानामा प्रयोग गरेर सेवन गर्न सकिन्छ । आफ्नो स्वाद अनुसार खानामा प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment