+
+
Shares

कालीगण्डकी गाउँपालिकाको पहिरोमा परी एकको मृत्यु, ३ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३० गते १२:२१

३० असार, काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पहिरो जाँदा एकजनाको ज्यान गएको छ ।

गाउँपालिकाको वडा नं ४ मा पर्ने बिर्खाटार खहरेमा आएको पहिरोका कारण एक जनाको मृत्यु भएको र तीनजना बेपत्ता भएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार पहिरोमा परी दुईजना घाइते भएका छन् ।

खेतमा पानी लगाउन गएका ६ जना बिहान सवा ८ बजेतिर गएको पहिरोमा परेका थिए । घाइतेलाई उद्दार गरिसकिएको र बेपत्ताको खोजीकार्य जारी रहेको अध्यक्ष थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?