
३० असार, काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले श्रीरामको जन्मस्थान सम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले नेपाल र भारतबीचको कुटनीतिक सम्बन्ध खलबल्याउन सक्ने बताएका छन् । ओलीले मंगलबार भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए ।
‘प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेका छन्’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् । धर्म र आस्थालाई राजनीति तथा कुटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु सह्य नहुने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4