+
+
Shares

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न : विषयान्तर किन ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३० गते १५:०६

३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका सम्बन्धमा दिएको विवादित अभिव्यक्तिको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रै आलोचना सुरु भएको छ ।

नेकपाका स्थायी समिति सदस्य डा. भीम रावलले प्रधानमन्त्रीको अभिव्यक्तमाथि प्रश्न उठाउँदै टि्वट गरेका छन् ।

रावलले आफ्नो टि्वटमा लेखेका छन्, ‘यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवम् कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ? विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?