Comments Add Comment

म घमण्डलाई २–४ स्टेप पर नै राख्छुः निशान भट्टराई(भिडियो)

गायक निशान भट्टराइले आफूले घमण्डलाई २–४ स्टेप पर नै राख्ने गरेको बताएका छन् । अनलाइनखबरसँगको ‘ओके बहस’मा कुराकानी गर्दै निशानले भने–‘म खुशी छु र घमण्डलाई २–४ स्टेप पर नै राख्छु । सबैभन्दा ठूलो कुरा एउटा गायकमा उर्जा आवश्यक छ । दर्शकले माया दिनुभयो भने उर्जा आउँछ र अझै जोशले काम गर्ने रहर बढ्छ । घमण्ड भनेको मानिसमा हुने एउटा गुण नै हो । ममा पनि कुनै कुनै कुराहरुले घमण्ड होला । तर, यसलाई टाढै राखेको राम्रो हो भन्ने लाग्छ ।’

निशानले आफूलाई दर्शकले चिन्न थालेपछि खुशी लागेको पनि बताएका छन् । भने–‘मानिसले चिन्दा के हुन्छ भन्ने अनुभव नचिनिएका मानिसलाई अझै बढी थाहा हुन्छ । तर, चिनिएपछि जिम्मेवारी बहन गर्नुपर्छ । अब मेरो दायित्व के हो भन्ने राम्रोसँग वुझ्नुपर्छ । नाम भयो भने फाइदा धेरै छ ।’

निशानले आफू ‘नेपाल आइडल’को विजेता नहुँदा दुःख नलागेको बताए । उनले भने–‘म त्यहाँ गीत गाउन गएको थिएँ, जित्न होइन । तर, मलाई दुःख के लाग्छ भने जसले मलाई विजेता होस् भनेर चाहना राख्नु भयो, उहाँहरुको इच्छा पुरा भएन । मैले अहिले जे पाइरहेको छु, यसमा धेरै खुशी छु । मैले राम्रा गीत गाउँदै गएर मलाई माया गर्ने दर्शकको ऋण तिर्नु छ ।’

‘नेपाल आइडल’को विजेता भएको भए अहिले पाइरहेको सफलता अझै बढी पाइन्थ्यो कि भन्ने नलागेको भन्दै निशानले भने–‘म कहिलेकाही यो प्रश्न आफैलाई सोध्नु गर्छु । यदि विजेता भएर गाउनै छाडेको भए मैले सफलता पाउने थिइनँ । अहिले, गाउँदै छु सफलता पनि पाइरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment