
३१ असार, कैलाली । नेत्र विक्रम चन्द (विप्लव) समूहका सेती महाकाली व्युरो इन्चार्ज ओमप्रकाश पुन कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।
विप्लव नेतृत्व अन्तर्गत नेकपाका केन्द्रीय सदस्य समेत रहेका पुनलाई बुधबार बिहान पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
उनका अनुसार अखिल नेपाल महिला सङ्गठन (क्रान्तिकारी) सेती महाकाली व्युरो इन्चार्ज पूर्णिमा भन्ने गौरा धामीलाई समेत पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीस्थित सडक खण्डमा उनीहरु दुवै जनालाई पक्राउ गरिएको विष्टले बताए ।
चेक जाँचको क्रममा पुनले बोकेको झोलाभित्र एक थान कटुवा पेस्तोल र एक राउन्ड गोली समेत बरामद भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4