Comments Add Comment

सबैलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन गेसोको माग

३१ असार,काठमाडौं । नियमितरुपमा विभिन्न सेवा सुविधा पाइरहेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिने व्यवस्थाको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले विरोध गरेको छ ।

सामाजिक सुरक्षा ऐन २०७५ को दफा १५ को खण्ड (ग) मा गरिएको व्यवस्थाअनुसार नियमितरुपमा अन्य कुनै सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदैनन्‍ ।

सोहीअनुसार सरकारले निर्णय कार्यान्वयन गर्न खोज्दा गोरखा भूपू सैनिकले समेत सामाजिक सुरक्षा भत्ता नपाउने भएपछि गेसोले विज्ञप्ति जारी गरी विरोध गरेको हो ।

ऐनमा गरिएको व्यवस्थाअनुसार नेपाल सरकारबाट मात्रै नभई कुनै पनि ठाउँबाट कुनै पनि सुविधा लिएको व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् । तर, गेसोले सरकारको निर्णय गैह्रकानुनी र संविधानको मर्मविपरीत भएको आरोप लगाएको छ ।

गेसोले सरकारको निर्णय विभेदकारी भएको भन्दै अविलम्ब फिर्ता लिई आफूहरुको सामाजिक सुरक्षाको हकको ग्यारेण्टी गर्नु पर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment