Comments Add Comment

थप ११६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

३१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशलामा पाँच हजार ९० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

थप एकको मृत्यु

कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनी कोरोना संक्रमणका कारण भारतको बेंगलोरमा मृत्यु भएका दाइको अन्त्येमा सहभागी भएर २४ असारमा मात्र घर फर्किएका थिए । उनलाई स्थानीय तहले क्वारेन्टिनमा राखेको थियो । रुघाखोकी, ज्वराका साथै स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई असार २९ गते वीरगञ्जस्थित नारायणी अस्पतालको आईसीयूमा भर्ना गरियो ।

उनलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार मात्र पुष्टि भएको थियो । स्वास्थ्य गम्भीर भएपछि बुधबार नै भेन्टिलेटरमा सारिएको र दिउँसो २ः३० बजेतिर मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै सुर्खेतमा २८ संक्रमित थपिएका छन् । सप्तरीका १३, नवलपुरका ११, म्याग्दीका ९, चितवनका ८, काठमाडौंका ७, धनुषाका ६ र रौतहटका ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्की, तनहुँ, सल्यान, दैलेखका ३/३ जना, जुम्ला, डडेलधुरा र सल्यानका २/२ जना तथा धनकुटा, ताप्लेजुङ, मोरङ, नुकाकोट, सिन्धुपाल्चोक धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका एकएक जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

थप ६९७ जना डिस्चार्ज

विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट थप ६१७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या ११ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment