Comments Add Comment

कोरोना संक्रमणबाट रौतहटका एक युवकको मृत्यु

३१ असार, काठमाडौं । कोरोना भाइरस सं‌क्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ ।

रौतहटको परोहा नगरपालिका- ७  का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

वीरगञ्जको नारायणी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको बुधबार दिउँसो साढे २ बजे मृत्यु भएको हो ।

यो सँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । ती युवकका भाइको भारतमा मृत्यु भएको थियो । भारतमा दाजुभाइ सँगै थिए ।

नेपाल आएर क्वारेन्टिनमा बसेकै बेला युवकमा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि असार २९ गते नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

उनको स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडास्थित प्रयोगशालामा पठाइएको थियो । उनमा बुधबार नै कोरोना संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment