+
+
Shares

भवन बनाउन रातारात उखेलियो सीसौका ३५ रुख

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३१ गते २०:२५

३१ साउन, हेटौंडा । वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको एक कार्यालय भवन निर्माणका लागि रातारात रुख कटान गरिएको छ ।

मन्त्रालयको पूर्वाधार निर्देशनालयको लागि आवश्यक प्रि–फ्याब भवन निर्माणका लागि डाङडुङे सामुदायिक वन समूहको संरक्षित क्षेत्रको ३५ वटा सीसौको रुख जरैसमेत उखेलिएको छ ।

उखेलिएको रुख डिभिजन वन कार्यालय राप्तिले नियन्त्रणमा लिएको छ । उखेल्दासम्म थाहा नपाएको कार्यालयले बिहानै उखेलिएको सीसौको रुख नियन्त्रणमा लिएको राप्ती डिभिजन वन कार्यालयका प्रमुख दीर्घनारायण कोइरालाले बताए ।

उनका अनुसार काटिएको रुख ३ सय ७० क्युविक फिट काठ र आधा चट्टा दाउरा रहेको छ । जमिन हकभोगको अधिकारविनै भौतिक पूर्वाधार मन्त्रालयले दादागिरी शैलीमा रुख नष्ट गरेको डिभिजन प्रमुख कोइरालाले बताए ।

‘हामी अनुसन्धानको क्रममा छौं, कटान मुछान रोकिएको समयमा संरक्षित क्षत्रेको रुख नष्ट गरिएको छ, उखेल्ने एक्साभेटरको खोजीमा छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?